अनसनरत इन्टर्न चिकित्सक डिल्ली हरिजनको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८३, बिहीबार

अनसनरत इन्टर्न चिकित्सक डिल्ली हरिजनको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले अनसनरत इन्टर्न चिकित्सक डिल्ली हरिजनको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउतनुभएको हो । उहाँले अनसनरत इन्टर्न चिकित्सक हरिजनको जीवन रक्षाका लागि समेत सकारको ध्यानाकर्षण गराउनु भयो । उहाँकाअनुसार चिकित्सक हरिजन वीर अस्पतालको आईसीयुमा रहेका छन् । प्रमुख सचेतक ओलीले इन्टर्न चिकित्सकहरूलाई स्वास्थ्य सेवाको आठौँ तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबर निर्वाह भत्ता सबै सार्वजनिक तथा निजी शिक्षण संस्थाले अनिवार्य उपलब्ध गराउनुपर्ने तथा श्रम ऐनमा व्यवस्था भएअनुसारको कार्यघण्टाको कार्यान्वयन गर्न माग गर्नुभयो ।

प्रधानमन्त्री साहले सीमासम्बन्धमा दिएको विवादस्पद अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन समेत उहाँले सभामुखको ध्यानाकर्षण गराउनु भयो ।

Leave a Reply

ताजा समाचार