संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असोज ८ २०८३, शुक्रबार

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौ । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका माननीय सभापति हरि ढकालले नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८३ पेस गर्नुहुने, प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ प्रश्तुत गर्नुहुने,  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक, २०८३ लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, खानी तथा खनिज पदार्थ विधेयक, २०८३ प्रस्तुत गर्नुहुने, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ प्रश्तुत गर्नहने, परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ । त्यस्तै दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल र विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।

Leave a Reply