सरकारी कार्यालयको कामकाजमा चरम ढिलासुस्ती | ईमाउण्टेन समाचार

Our Network

पुष १२ २०८१, शुक्रबार

सरकारी कार्यालयको कामकाजमा चरम ढिलासुस्ती

फूलमाया आले
काठमाडौँ, ११ फागुन । सरकारले प्रविधिको सदुपयोग गर्न नसक्दा सानो काम लिएर सरकारी कार्यालय पुग्ने सेवाग्राहीले घण्टौँ लाइन बस्न बाध्य छन् । सरकारले केही कार्यालयमा लाइन घटाउन अनलाइन प्रणाली लागू गरेपनि त्यो प्रभावकारी हुन सकेको छैन । विज्ञहरुका अनसार नयाँ प्रविधिलाई अधिकांश कर्मचारीले प्रयोग नै गर्न नसकेका कारण समस्या नघटेको हो ।

नेपालमा सरकारी कार्यालयहरु सामान्यतया विहान १० देखि साँझ ५ बजेसम्म खुल्छन् । तर, कतिपय कार्यालयमा विहान ४ बजेदेखि नै सेवाग्राही लाइन लाग्नुपर्ने बाध्यता छ । यातायात व्यवस्था विभाग, बैदेशिक रोजगार विभाग, वडा कार्यालय, नापी, मालपोतजस्ता कार्यालयमा लाइन नबसी सेवा पाउनु लगभव असम्भवजस्तै कुरा हो ।

त्यसो त निजी क्षेत्रका सेवाप्रदायक संस्थामा पनि सेवाग्राहीले लाइन लाग्नैपर्छ । बैंक तथा वित्तीय संस्था होस् वा म्यानपावर कम्पनी नै । सेवाग्राहीले घण्टौँ लाइन नबसी काम फत्ते गर्न निकै कठिन हुन्छ । ती कार्यालयले आधुनिक प्रविधिको प्रयोग नगर्दा सेवाग्राहीले सास्ती झेल्नुपरेको छ ।

लोकसेवा आयोगले अनलाइन मार्फत आवेदन दिने व्यवस्था गरेका कारण अहिले धेरै मानिसले सुविधाको प्रत्याभूति गरेका छन् । तर, अझै धेरै सरकारी कार्यालय छन्, जहाँ घण्टौँ लाइन नबसेसम्म काम हुँदै हुँदैन । एकातिर घण्टौँ लाइन बस्नुपर्ने, त्यसमा पनि कर्मचारीलाई रिझाउनुपर्ने बाध्यताले सर्वसाधरणमा सरकारी कार्यालय र त्यहाँका कर्मचारीप्रति वितृष्णा पैदा भएको छ ।

यसरी जनतामा बढेको वितृष्णा कम गर्न सरकारी कार्यालयहरुमा दक्ष कर्मचारी र नयाँ सुचना, प्रविधिको व्यवस्था गर्न जरुरी रहेको प्रशासन विज्ञहरु बताउँछन् । विकसित देशमा जस्तै नयाँ प्रविधि भित्र्याएर सर्वसाधरणलाई सरकारी कार्यालयमा काम सम्पन्न गराउन धेरै समय खर्चिनु पर्ने बाध्यता हटाउन आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);