‘चौंथो बंगलादेश एक्स्पो’ भृकुटीमण्डपमा सुरु | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

‘चौंथो बंगलादेश एक्स्पो’ भृकुटीमण्डपमा सुरु

काठमाडौं, ११ फागुन । काठमाडौंको भृकुटीमण्डपमा ‘चौंथो बंगलादेश एक्स्पो’ सुरु भएको छ । नेपाल र बंगलादेशबीचको व्यापारिक सम्बन्धलाई विस्तार गर्ने उद्देश्यले नेपालस्थित बंगलादेशी राजदुतावासले एक्स्पोको आयोजना गरेको हो ।

पाँच दिनसम्म चल्ने एक्स्पोमा ९५ वटा स्टल राखिएको छ । बंगलादेशमा उत्पादन भएका लेदर, विद्युतीय उपकरण, हस्तकला, भवन निर्माणसम्बन्धी सामग्रीहरु एक्स्पोमा राखिएका छन । एक्स्पोमा आर्टसम्बन्धी विशेष प्रर्दशनी पनि संचालन गरिएको छ । बंगलादेशले भारत, म्यान्मार र भुटानमा पनि एक्स्पो संचालन गर्दै आएको छ ।