साउन २२ , काठमाण्डौँ । भरतपुर महानगरकी नवनिर्वाचित मेयर रेणु दाहालले नमुनायोग्य काम गरेर देखाउने प्रतिक्रिया दिनुभएको छ ।
दाहालले निर्वाचित भएलगत्तै संचारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै महानगरपालिकामा आफूसँगै उपमेयर पनि महिला निर्वाचित भएकाले आफ्नो पहिलो निर्णय महिलाको हक अधिकार सुनिश्चित गर्ने सम्बन्धी हुने बताउनुभयो । उहाँले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन तीन खालका योजना बनाइ महानगरको विकास गर्ने बताउनुभयो ।
मेयर दाहालले भरतपुरलाई दक्षिण एसियाकै नमुना महानगरको रुपमा विकास गरेर देखाउने दाबी गर्नुभयो ।




