इरानी सैन्य लक्ष्यहरूमा अमेरिकी सेनाको थप हवाई आक्रमण, ट्रम्प र इरानबीच कडा चेतावनीको आदानप्रदान | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८३, सोमबार

इरानी सैन्य लक्ष्यहरूमा अमेरिकी सेनाको थप हवाई आक्रमण, ट्रम्प र इरानबीच कडा चेतावनीको आदानप्रदान

अमेरिकी सेनाले बुधवार इरानका सैन्य लक्ष्यहरूमा थप हवाई आक्रमण गरेको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकॉम) का अनुसार बुधवार साँझ ५ः३० बजेदेखि यी आक्रमणहरू शुरु भएका हुन् । सेन्ट्रल कमान्डले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै क्षेत्रीय जलक्षेत्रमा आवतजावत गर्ने नागरिक तथा व्यापारिक जहाजहरूमाथि इरानले पु¥याउन सक्ने खतरालाई न्युनिकरण गर्न यो अभियान जारी रहने बताएको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुजमा इरानले कुनैपनि जहाजमाथि आक्रमण गरेमा त्यसको बदलामा इरानका भौतिक पूर्वाधारहरू ध्वस्त पारिदिने चेतावनी दिनुभएको छ । सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले भन्नुभएको छ, ‘अबका दिनमा इस्लामिक गणतन्त्र इरानले स्ट्रेट अफ हर्मुजमा मिसाइल, रकेट, ड्रोन वा अन्य कुनै पनि हतियार प्रयोग गरी जहाजमाथि आक्रमण गरेमा, संयुक्त राज्य अमेरिकाले इरानको एउटा पुल वा पावर प्लान्ट ध्वस्त बनाउनेछ । यस अन्तर्गत राजधानी तेहरानमा रहेका संरचनाहरू समेत पर्नेछन् ।’
ट्रम्पको यस भनाइको प्रतिवाद गर्दै इरानको मुख्य सैन्य कमान्ड ‘खाताम अल–अन्बिया सेन्ट्रल हेडक्वार्टर’ ले अमेरिकालाई कडा चेतावनी दिएको छ । सञ्चारमाध्यमहरूकाअनुसार इरानले यदि अमेरिकाले आफ्ना पूर्वाधारमाथि आक्रमण गरेमा पश्चिम एसियाबाट हुने सम्पूर्ण तेल निर्यात ठप्प पारिदिने र क्षेत्रभरिका तेल, ग्यास, विद्युत तथा आर्थिक पूर्वाधारहरूलाई निशाना बनाउने बताएको छ । इरानले अमेरिकी धम्कीका कारण युद्ध क्षेत्रीय सीमा नाघेर बाहिरसम्म फैलिन सक्ने संकेत समेत गरेको छ ।
तनाव बढ्दै जाँदा अमेरिकी नागरिकहरूमाझ गरिएको एक सर्वेक्षणले भने युद्धप्रति असहमति देखाएको छ । ‘द वासिङ्टन पोस्ट–इप्सोस’ ले गत हप्ता सार्वजनिक गरेको मतपरिणामअनुसार ६८ प्रतिशत अमेरिकी वयस्कहरूले इरानसँगको युद्ध लड्नुको औचित्य नरहेको बताएका छन् भने २८ प्रतिशतले मात्र युद्धको पक्षमा मत जाहेर गरेका छन् ।

Leave a Reply