काठकाडौं, १० फागुन । नेपाल विद्युत प्राधिकरणले ‘इनर्जी बैकिंङ’ गर्ने योजना अघि सार्ने तयारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुख्खा मौसममा पनि विद्युत आपूर्तिलाई सहज बनाउने गरी ‘इनर्जी बैकिंङ’ गर्ने योजना अघि सार्ने तयारी भईरहेको जानकारी दिए ।
सो योजनामा वर्षातमा संचित हुने विद्युत भारतलाई निर्यात गर्ने र सुख्खा मौसममा भारतबाट आवश्यक विद्युत आयात गर्ने व्यवस्था हुनेछ । बिहिबार काठमाडौंमा आयोजित उर्जासम्बन्धि एक कार्यक्रममा बोल्दै उनले प्राधिकरणले अव देशभर लोडसेडिङ हुन नदिने व्यवस्था गरेको दावी गरे ।
आगामी १० वर्ष भित्र मुलुकमा ५ हजार मेघावाट विद्युत माग हुने प्राधिकरणले प्रक्षेपण गरेको छ । कार्यकारी निर्देशक घिसिङले माग भन्दा ४० प्रतिशत बढि विद्युत उत्पादन हुनेगरी काम भईरहेको स्पष्ट पारे ।
प्राधिकरणले आर्थिक वृद्धिदरको अनुपातमा विद्युत उत्पादन गर्दै लैजाने प्रतिवद्धता पनि जनाएको छ ।