ज्ञानेन्द्र शाहीको आरोपः सरकारका सबै निर्णयहरु अर्बपति र करोडपतिहरुको पक्षमा केन्द्रित छ | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८३, शुक्रबार

ज्ञानेन्द्र शाहीको आरोपः सरकारका सबै निर्णयहरु अर्बपति र करोडपतिहरुको पक्षमा केन्द्रित छ

काठमाडौं ।

प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारको सबै निर्णयहरु अर्बपति र करोडपतिहरुको पक्षमा केन्द्रित रहेको आरोप लगाउनुभएको छ । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले राज्यको यस्तो गरिवमारा निर्णयका कारण आज गणेश नेपाली र उनीहरुजस्ता गरिव नागरिकले मर्नुपर्ने अवस्था आएको जिकीर समेत गर्नुभयो ।

नेता शाहीले गरिव, दुःखी र निमुखा नागरिकलाई सरकार आवश्यक भएपनि सरकारले उक्त व्यवहार देखाउन नसकेको दाबी समेत गर्नुभयो । उहाँले सरकारको नीति, नियम र निर्णय धनीहरुको पक्षमा मात्रै रहेको पनि बताउनु भयो ।नेता शाहीले काठमाडौं शहर हुनेखानेहरुको मात्रै हो ? भनि प्रधानमन्त्री बालेन्द्र साहलाई प्रश्न समेत गर्नुभयो ।

Leave a Reply