स्वदेशी उच्च शिक्षाको प्रवद्र्धन गर्न ‘नेपाल हाइअर एजुकेशन फेयर’ हुने | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८३, बिहीबार

स्वदेशी उच्च शिक्षाको प्रवद्र्धन गर्न ‘नेपाल हाइअर एजुकेशन फेयर’ हुने

काठमाडौं ।

उच्च शिक्षाका लागि विद्यार्थीहरु धमाधम विदेशिने क्रम बढिरहँदा काठमाडौंमा स्वदेशी शैक्षिक संस्था र कोर्सहरुको प्रवद्र्धनका लागि शैक्षिक मेला हुने भएको छ । नेपालमा पनि विदेशी कलेजका कोर्सहरु उच्च गुणस्तरीय रुपमा पढाइ हुन्छ भन्ने विश्वास दिलाउन भिजन मिडिया इन्कर्पोरेसन, एजुकेसन डट कम र अनुपम एकेडेमीको संयुक्त आयोजनामा शैक्षिक मेला हुने भएको हो । ‘स्वदेशमै शिक्षा, सबैको इच्छा’ भन्ने नारासहित १२ औं नेपाल हायर एजुकेसन फेयर, २०२६ यही असार २७ र २८ गते काठमाडौंमा आयोजना हुने भएको हो । बिहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै भिजन मिडिया इन्कर्पोरेसनले यस्तो जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै भिजन मिडिया इन्कर्पोरेसनका निर्देशक तारामान रावलले  नेपालमै उपलब्ध उच्च शिक्षाका अवसरबारे विद्यार्थी र अभिभावकलाई प्रत्यक्ष तथा विश्वसनीय जानकारी उपलब्ध गराउँदै स्वदेशी उच्च शिक्षाप्रति सकारात्मक धारणा विकास गर्नु रहेको बताउनुभयो । उहाँका अनुसार मेलामा व्यवस्थापन, सूचना प्रविधि, इन्जिनियरिङ, चिकित्सा तथा स्वास्थ्य विज्ञान, आतिथ्य, एभिएसन, मानविकी, कानून, शिक्षा र विज्ञानलगायत विषयका स्नातक तथा स्नातकोत्तर कार्यक्रमबारे जानकारी दिइनेछ । सहभागिलाई निःशुल्क शैक्षिक तथा करियर परामर्शसमेत उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो । निर्देशक रावलले मेलामा एमबीबीएस, बीईरबीटेक, बीआर्क, बीसीए, बीआईटी, बीआईटीएम, बीबीए, बीबीएम, बीबीएस, बीएचएम, बीटीटीएम, बीएससी सीएसआईटी, एमबीए, एमबीएस, एमएससीआईटीलगायत अध्ययन कार्यक्रमबारे जानकारी प्रदान गरिने बताउनु भयो । उहाँले विद्यार्थी, अभिभावक, शिक्षक, शैक्षिक परामर्शदाता तथा सरोकारवालालाई मेलामा सहभागी भई नेपालमै उपलब्ध उच्च शिक्षाका अवसरबारे जानकारी लिन समेत आग्रह गर्नुभयो ।

Leave a Reply