काठमाडौं ।
निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन गर्न गठित नेकपा (एमाले) को कार्यदलको बैठक आज बस्दैछ । पार्टी उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा गठित उक्त कार्यदलको बैठक यसअघि असार २२ गतेका लागि तय गरिएको थियो । पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउन र विगतको निर्वाचनको वस्तुनिष्ठ समीक्षा गर्न यो कार्यदलले विभिन्न तहबाट सुझाव सङ्कलन गरिरहेको छ । कार्यदलले प्राप्त सुझावहरूलाई एकीकृत गरी पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।




