काठमाडौं ।
संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक मध्यान्ह सवा १२ बजेबाट शुरु हुनेछ । बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,कृषि, वन तथा पर्यावरण मन्त्रालय,. पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयका शिर्षकहरूमध्ये देहायका मन्त्रालयको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुहुने कार्यसूचि रहेको छ । त्यस्तै अध्यक्षले विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न शिर्षकहरूमा प्रश्तुत खर्च कटौतीका प्रश्तावहरूलाई निर्णयार्थ प्रश्तुत गर्नुहुने । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३, विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।




