संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८३, सोमबार

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं ।

संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, नेपाल विशेष सेवा ऐन, २०८३ प्रश्तुत गर्नुहुने । २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक,अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रस्श्तुत गर्नुहुने,  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने र अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नं. ८१) माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ । त्यस्तै मध्यान्ह सवा १२ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका शिर्षकहरूमध्ये मन्त्रालयको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुहुने कार्यसूचि रहेको छ ।

Leave a Reply

ताजा समाचार