सरकारमा दुईतिहाईको कसरत - मन्त्री आकांक्षी मिलाउन सकस | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८२, शुक्रबार

सरकारमा दुईतिहाईको कसरत – मन्त्री आकांक्षी मिलाउन सकस

kp oli baluwatar

काठमाडौं, १० फागुन । प्रधानमन्त्री भएको एक सातासम्म पनि एमाले अध्यक्ष केपी ओलीले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन्। प्रधानमन्त्री नियुक्त भएकै दिन गठित तीन सदस्यीय मन्त्रिमण्डललाई उनले सम्भवतः बिहीबार विस्तार गर्ने योजना बनाएका छन्। एमाले अध्यक्ष ओली माओवादी केन्द्रको साथ लिएर फागुन ३ मा प्रधानमन्त्री बनेका थिए।

त्यसयता सरकार गठनका लागि तयारी गरे पनि मन्त्रालयको भागबन्डा, संख्या र आकांक्षीको दबाबका कारण उनलाई सकस परिरहेको छ। प्रधानमन्त्री ओली सकभर उपेन्द्र यादव नेतृत्वको संघीय फोरमलाई समेत सहभागी गराई दुईतिहाइको सरकार सञ्चालनको कसरतमा छन्। त्यसका लागि उनले निर्वाचन परिणाम आएदेखि नै यादवलाई प्राथमिकता दिइरहेका छन्।

सोमबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उनले प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमै यादवलाई बोलाई सरकारमा आउन संयुक्त आग्रह मात्रै गरेनन्, बुधबार दुई पार्टीका प्रतिनिधिबीच औपचारिक छलफल नै गराएर सरकारमा आउन प्रस्ताव राखेका छन्।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।