काठमाडौं ।
परराष्ट्रमन्त्री खडकराज पौडेलले न्युनतम यात्रु संख्याको अभावले सबै विमानस्थलहरु नियमित रुपमा सञ्चालनमा ल्याउन नसकिएको स्पष्टिकरण दिनुभएको छ । बुधवार राष्ट्रिय सभा बैठकमा सांसदहरुले विभिन्न जिल्लाका विमानस्थलहरु सञ्चालनमा नभएको भन्दै मन्त्री पौडेलमाथि प्रश्न गर्नुभएको थियो । त्यसको जवाफ दिने क्रममा मन्त्री पौडेलले न्युनतम यात्रु संख्या नभएका जिल्लाहरुको विमानस्थल संचालन गर्न नसकिएको स्पष्ट पार्नुभयो । उहाँले विमानस्थल सञ्चालनका लागि सरकारसँग जनशक्ति र उपकरणको अभाव नभएको दाबी समेत गर्नुभयो ।
मन्त्री पौडेलले सडकको सहज व्यवस्थाका कारण पनि हवाई यात्रुहरुको अभाव हुने अवस्था आएको पनि उल्लेख गर्नुभयो ।मन्त्री खनालले विमानस्थलमा नियमित उडान भर्नका लागि जनशक्ति र उपकरण पठाउने कुरामा कुनै कमी नहुने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।




