काठमाडौँ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले संसदीय शासन प्रणाली असफल भइसकेको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नेपालको सन्दर्भमा उपयुक्त विकल्प भएको बताउनुभएको बताउनुभएको छ ।
बुधवार पूर्व सांसद मञ्च, नेपालको ६६ औँ वार्षिक साधारणसभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २०१५ सालदेखि हालसम्म कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षे कार्यकाल पूरा गर्न नसकेको र संसदसमेत पूर्ण कार्यकाल चल्न नसकेको भन्दै संसदीय शासन प्रणालीको औचित्य समाप्त भइसकेको तर्क गर्नुभयो ।
उहाँले निर्वाचित सरकारलाई पाँच वर्षसम्म अविच्छिन्न रूपमा काम गर्ने सुनिश्चितता हुनुपर्ने भन्दै बीचमै सरकार परिवर्तन हुने व्यवस्था अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले पूर्वसांसदहरूको अनुभवलाई राष्ट्र निर्माणमा उपयोग गर्न विकास निर्माण र अनुगमनको जिम्मेवारी दिनुपर्ने समेत बताउनु भयो । उहाँले पूर्वसांसदहरुको सम्मानमका लागि समेत उनीहरुको अनुभवलाई विकास निर्माण र अनुगमनमा प्रयोग गर्नुपर्ने बताउनु भयो ।नेता गौतमले संविधानले महिलालाई दिएको अधिकार पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भएपनि राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ प्रतिशत महिला उम्मेदवारलाई विजयी गराएको विषय सकारात्मक रहेको बताउनु भयो ।




