प्रतिकुल मौसमका कारण किसान मारमा परेका छन्, सरकारले तत्काल राहतको व्यवस्था गरोस्ः एमाले सांसद रखाल | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८३, सोमबार

प्रतिकुल मौसमका कारण किसान मारमा परेका छन्, सरकारले तत्काल राहतको व्यवस्था गरोस्ः एमाले सांसद रखाल

काठमाडौं ।

नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद मिनासिंह रखालले किसानलाई मल, बीउको समेत व्यवस्था नगरेको भन्दै सरकारको आलोचना गर्नुभएको छ । सोमवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले अनावृष्टि र अतिवृष्टिका कारण किसान मारमा परेको भन्दै उनीहरुलाई तत्काल राहत उपलब्ध गराउन पनि सरकारसँग माग गर्नुभयो ।

सांसद रखालले किसानको पीडालाई सरकारले बेवास्ता गरे मुलुकमा खाद्य संकट आउनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले समयमा नै रोपाई हुने अवस्था नभएकाले अव किसानको उत्पादन घटने र त्यसले मुलुकको अर्थतन्त्रमा पनि प्रभावित पार्ने पनि बताउनु भयो ।सांसद रखालले रोपाईका लागि आवश्यक कृषि सहायता सामग्री किसानलाई उपलब्ध गराउन पनि सरकारलाई सचेत गराउनु भयो ।

Leave a Reply

ताजा समाचार