साउन २१ , काठमाण्डौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आदर्श र निष्ठाको राजनीति गर्न नेताहरुलाई सचेत गराउनुभएको छ ।
शनिबार राजधानीमा आयोजित किसुनजी अध्ययन केन्द्रको उद्घाटन कार्यक्रममा नेता पौडेलले सत्ताकेन्द्रित राजनीतिले जनताको अधिकारको रक्षा गर्न नसकिने भन्दै आदर्श र निष्ठाको राजनीति गर्न सुझाव दिनुभयो । पार्टीको सिद्धान्त र आदर्शसँग नेतृत्वको चरित्र, आचरण र व्यवहार मेल नखाने हो भने पार्टी विखण्डनतर्फ उन्मुख हुने उहाँको भनाइ थियो ।
उहाँले पार्टीलाई सर्वोत्कृष्ठ बनाउन स्वर्गीय नेता कृष्णप्रसाद भट्टराईको आर्दशलाई आत्मसाथ गर्दै अघि बढ्न आग्रह समेत गनुृभयो ।




