काठमाडौंमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुने | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

काठमाडौंमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुने

काठमाडाैं, ९ फागुन । आगामी शुक्रबारदेखि काठमाडाैँमा ‘संघीय नेपालमा गुणस्तरीय शिक्षा’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

संघीयतामा गएका मुलुकहरुको अनुभव हासिल गर्ने मुख्य उद्देश्यका साथ अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गर्न लागिएको उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ, नेपाल ‘हिसान’का अध्यक्ष रमेशकुमार सिलवालले जानकारी दिए ।

सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संघीयता अनुसारको मुलुकको समग्र शैक्षिक नीति तय गर्न सम्मेलनले सरकारलाई सघाउ पुर्याउने विश्वास पनि व्यक्त गरे ।

सम्मेलनमा अमेरिका, चीन, भारत, बेलायत, अष्ट्रेलिया, क्यानडा, बंगलादेश, नेदरल्याण्ड, थाईल्याण्डसहित विभिन्न देशका प्राज्ञहरु सहभागी हुनेछन् ।

२ दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने आयोजकले जनाएको छ । सम्मेलनले नेपालको शैक्षिक क्षेत्रमा आवश्यक नीतिगत निर्णय लिन सघाउ पुर्याउने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);