आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, नेपालमा पनि मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

पुष २ २०८१, मंगलबार

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, नेपालमा पनि मनाइँदै

काठमाडाैं, ९ फागुन । अाज अन्तर्राष्ट्रिय मातृभाषा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसै अवसरमा काठमाडौंमा पनि विभिन्न भाषा र संस्कृति झल्कने खालको प्रभातफेरी कार्यक्रमको आयोजना गरियो ।

त्यसैगरी नेपाल प्रजा प्रतिष्ठानको आयोजनामा राष्ट्रिय मातृभाषा कविता महोत्सव पनि आयोजना गरिएको छ । नेपालमा हाल १ सय २३ वटा भाषालाई मातृभाषाको रुपमा लिइएको छ ।

ती सबै भाषाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ राष्ट्रिय मातृभाषा कविता महोत्सव आयोजना गरिएको प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीेले जानकारी दिए ।

हरेक वर्ष फेब्रुअरी २१ तारिकका दिन विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । विश्वका विभिन्न भाषा तथा संस्कृतिको विविधतासँगै बहुभाषाको प्रयोगलाई बढावा दिन यो दिवसलाई विशेष महत्वका साथ मनाउने गरिएको हो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);