गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १७ २०८१, शनिबार

गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए

gunda naike

विष्णु गौतम
बुटवल, ९ फागुन । हत्या र फिरौती आतंकका मुख्य अभियुक्त मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी श्याम ज्ञवालीका अनुसार रुपन्देहीको देवदहमा प्रहरी माथि पुनले फायर गरेपछि जवाफी कारवाही गर्दा पुनसहित उनका सहयोगीलाई गोलि लागेको थियो । पुनसंगै रहेका मुख्य सहयोगी सोम बहादुर आले पनि मारिएका छन् ।

रुपन्देहीको देवहद नगरपालिका ४ भवानीपुरमा आज बिहान साढे ३ बजे प्रहरी इन्काउन्टरमा गम्भीर घाइते भएका पुन र आलेको बिहान लुम्विनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रमुख ज्ञवालीले बताए । रुपन्देहीमा पुन आएको भन्ने सुचनाका आधारमा प्रहरी टोलि खटिएको थियो । सिआइबीका एसएसबी घनश्याम अर्यालले पुन र उनका सहयोगी आले प्रहरी इन्काउन्टरमा मारिएको पुष्टि गरेका छन् ।

पुन देवदह निवासी हुन् । गुण्डा नाइके पुनले युवा संघ रुपन्देहीका तत्कालिन अध्यक्ष दुर्गा तिवारी र संघका नेता तथा युवा व्यवसायी बलु पौडेलको हत्यामा आफ्नो संलग्नता रहेको सञ्चार माध्यमबाट बताउँदै आएका थिए । विभिन्न हत्या तथा आंतकमा पुन मुख्य फरार अभियुक्त हुन् । आजको नयाँ पत्रिकामा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);