भारतमा थोक मुद्रास्फीतिमा उल्लेख्य वृद्धि, मे महिनामा ९.६८ प्रतिशत पुग्यो | ईमाउण्टेन समाचार

Our Network

असार ३ २०८३, बिहीबार

भारतमा थोक मुद्रास्फीतिमा उल्लेख्य वृद्धि, मे महिनामा ९.६८ प्रतिशत पुग्यो

काठमाडौं ।

भारतमा थोक मुद्रास्फीति मे महिनामा बढेर ९.६८ प्रतिशत पुगेको छ । संघीय वाणिज्य तथा उद्योग मन्त्रालयलेसार्वजनिक गरेको आधिकारिक तथ्याङ्कअनुसार अप्रिल महिनामा ८.२६ प्रतिशत रहेको थोक मुद्रास्फीतिमा मे महिनामा वृद्धि देखिएको हो । मन्त्रालयकाअनुसार कच्चा तेल, इन्धन र उत्पादित वस्तुहरूको मूल्यमा भएको तिब्र वृद्धिका कारण थोक मुद्रास्फीति बढ्न पुगेको हो । इन्धनको मूल्य बढेसँगै ढुवानी खर्चमा भएको वृद्धिले पनि समग्र मूल्यस्तर बढाउन भूमिका खेलेको उल्लेख गरिएको छ । यसैबीच, संघीय मन्त्रालयले मासिक थोक मूल्य सूचकाङ्क गणनाको विधिमा समेत परिमार्जन गरेको छ । मन्त्रालयले गणनाका लागि आधार वर्ष २०११–१२ लाई परिवर्तन गरी २०२२–२३ कायम गरेको छ । यससँगै सूचकाङ्कमा समावेश गरिने वस्तुहरूको सङ्ख्या ६९७ बाट बढाएर ९५७ पु¥याइएको छ । यसअघि संघीय सरकारले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मे महिनामा खुद्रा मुद्रास्फीति पनि ३.९३ प्रतिशत पुगेको थियो। अप्रिल महिनामा यस्तो मुद्रास्फीति ३.४८ प्रतिशत रहेको थियो ।

Leave a Reply