सिरियाको गृहयुद्वमा करीब ५ लाखको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

सिरियाको गृहयुद्वमा करीब ५ लाखको मृत्यु

एजेन्सी, ८ फागुन । सिरियामा ७ बर्ष अघिसुरु भएको गृहयुद्वमा झन्डै ५ लाखले ज्यान गुमाइसकेका छन । मंगलबार मात्र एक सय जनाले ज्यान गुमाएका छन ।  राष्ट्रपति बशर अल असरको राजिनामा माग गदै सन २०११ बाट सुरु भएको गृहयुद्वले करीब ५ लाखको मृत्यु भइसक्दा पनि सिरीयाली युद्व मथ्थर हुने कुनै लक्ष्यण देखीएको छैन ।

दैनीक भइरहने आक्रमणहरुमा सयौ मरिरहेका छन भने सिरीया युद्वकै कारण लाखौ विस्तापित भएका छन भने लाखौ भोकमरीको सिकार भएका छन । मंलबार भएको गोलिबारीमा ७७ जना सर्वसाधारणको मृत्यु भएको छ । ७ बर्ष देखी जारी युद्वले सिरीयालाई मरभुमि बनाएको छ ।

राष्ट्रपति बशर अल असरको राजिनामा माग गदै सुरु भएको गृहयुद्वमा अलकायदा र आइ एस जस्ता आतंकवादी संगठनहरु हावी भएपछि सिरीयामा नरसंहार चलिरहेको छ । सिरीयामा अमेरिकन सहयोगमा सिरियन डेमोक्रयाटिक फोर्स (एसडीएफ) ले सुरक्षा अपरेशन संचालन गरिरहेको छ। युद्व सुरुहुनु अघि होम्स, अलेप्पो पलमायरा र रक्का विकसित शहरहरुमा पर्थे ।

सिरीयाको पलमायरा शहरलाई बिस्वले स्वर्गको चोक हैवन स्क्वायर भनेर चीन्दथे । तर हैवन स्क्वायर अहिले नर्क झै भएको छ । पुराना पुरातात्वईक सम्पत्तिको रुपमा चिनिने शहरका भौतिक इमारतहरु बम, र बारूदले, ध्वस्त भएका छन । सिरीयालि युद्व चर्किनुको पछाडी दुइशक्तिशालि देश अमेरिका र रुसको पनि हात छ । अमेरिका सीरिया सरकारको बिरोधि हो भने रूस सिरिया सरकारको समर्थक हो अमेरिका सिरियका राष्ट्रपति बसर अल असदको सरकार ढलाउन चाहन्छ भने रूस अशदको सत्ता टीकाउन चाहान्छ ।

यि दुइटै महा शक्तीका कारण आज सिरिया खेल मैदान, रण भूमि, र सिरियाका नामी शहर श्मशान घाट जस्तै बनेका छन् । ५ लाख मानिसको मृत्यू , लाखौ घाइते र विस्तापित हुदा समेत युद्वरत पक्षहरु सहमतिमा आएर रगतको खोला बन्द नहुदा विश्वनै चिन्तीत बनेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);