काठमाडौँ ।
नेपाली काँग्रेसकी सांसद कमला पन्तले निर्वाचनको मतलाई मात्र राजनीतिक वैधताको आधार मान्न नहुने भन्दै एकपटक प्राप्त मतका आधारमा दम्भ नदेखाउन सरकारलाई चेतावनी दिनुभएको छ । राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै सांसद पन्तले यस्तो चेतावनी दिनुभएको हो । उहाँले प्रधानमन्त्रीले सीमाको विषयमा दिएको अभिव्यक्तिको विषयमा प्रधानमन्त्री स्वंयको धारणा आउनुपर्नेमा जोड दिनुभयो । उहाँले आपसि सहकार्य, एकता र सहमतिका आधारमा मुलुक अघि बढाउन समेत सत्तारुढ दल रास्वपालाई आग्रह गर्नुभयो ।
उहाँले सभाको संवैधानिक र राजनीतिक जिम्मेवारी निर्वाह गर्न आफूहरू तयार रहेको उल्लेख सभाप्रति सरकार उत्तरदायी हुनुपर्ने बताउनु भयो । उहाँले सरकारले गर्ने सकारात्मक कार्यहरुमा सहयोग गर्न प्रतिपक्षी दलहरु तयार रहेको भन्दै नतर्सिन समेत आग्रह गर्नुभयो ।





