प्रधानमन्त्रीले आम मतदाताको हुर्मत लिने काम गरिरहनुभएको छः ऐनबहादुर महर | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

प्रधानमन्त्रीले आम मतदाताको हुर्मत लिने काम गरिरहनुभएको छः ऐनबहादुर महर

काठमाडौँ ।

प्रतिपक्ष दल नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री बालेन्द्र साहले आम मतदाताको हुर्मत लिने काम गरिरहेको आरोप लगाउनुभएको छ ।बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सरकार र प्रधानमन्त्री साहको पटक पटकको गतिविधिले नेपाली जनता, संसद र जनमतको हुर्मत लिने र अपमान गर्ने काम भइरहेको जिकिर गर्नुभएको हो ।

प्रमुख सचेतक महरले प्रधानमन्त्री र सरकारका राष्ट्रघाती कदमहरुले आफूलाई नै लज्जित बनाएको पनि बताउनु भयो । उहाँले जनतासँग कामै गरेर देखाउने भनेर आएको दलको सरकारले जनता विरोधी काम गरेको देख्दा दुःख लागेको पनि बताउनु भयो । प्रमुख सचेतक महरले सरकारले देश र जनतामाथि विश्वास घात गरिरहेको पनि बताउनु भयो ।

Leave a Reply

ताजा समाचार