सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही

काठमाडौँ ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले राष्ट्रियता जस्तो संवेदनशील विषय र बजेट निर्माणका क्रममा उठेका प्रश्नहरूबारे प्रधानमन्त्री तथा सरकारले संसदमा स्पष्ट जवाफ दिनुपर्ने माग गर्नुभएको छ ।प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद शाहीले प्रधानमन्त्रीको हालैको अभिव्यक्तिले राष्ट्रियतामाथि गम्भीर त्रुटी गरेको टिप्पणी गर्नुभयो । उहाँले उक्त विषयमा आम नागरिकले समेत प्रतिक्रिया जनाइरहेकाले प्रधानमन्त्री स्वयंले संसदमा उपस्थित भई स्पष्टीकरण दिनु वाञ्छनीय रहेको उल्लेख गर्नुभयो ।

उहाँले बजेट निर्माण र भन्सार महशुलका सन्दर्भमा अर्थमन्त्रीको भुमिकामाथि उठेका प्रश्नहरूबारे पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । बजेट पेश हुने क्रममा भएका केही कार्यहरूमा वैदेशिक चलखेल वा मिलेमतोको आशङ्का उब्जिएको भन्दै उहाँले यसबारे पनि सदनलाई जानकारी दिनुपर्ने माग गर्नुभयो । सांसद शाहीले सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न नसकिने तर्क गर्नुभयो । सांसद शाहीले विकास, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सबै राजनीतिक दलहरूको साझा एजेण्डा हुनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

ताजा समाचार

Test Post Created

१ घन्टा अघि

test123123

१० घन्टा अघि

test123123

१० घन्टा अघि