सभामुखले संसदीय प्रणाली र प्रक्रिया बाहिर गएर संसद चलाएको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

सभामुखले संसदीय प्रणाली र प्रक्रिया बाहिर गएर संसद चलाएको आरोप

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सचिव तथा सांसद देवेन्द्र पौडेलले सभामुखले प्रतिनिधि सभा बैठकलाई संसदीय प्रक्रियाभन्दा बाहिर गएर चलाएको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सांसद पौडेलले प्रधानमन्त्रीको सम्बोधनपछि प्रमुख प्रतिपक्ष दलका नेतालाई सम्बोधन गर्न दिनु संसदीय प्रक्रिया र स्थापित मूल्य, मान्यता बाहिर भएको बताउनु भयो । उहाँले प्रधानमन्त्रीको कुरालाई खण्डन गर्न सभामुखले तत्कालै प्रतिपक्ष दलका नेतालाई समय दिनु संसदीय प्रणाली र प्रक्रिया विपरित भएको बताउनु भयो । उहाँले सभामुख प्रक्रियाभन्दा बाहिर जानु शोभनिय नभएको बताउनु भयो । उहाँले सभामुखले संसदलाई रिपोटर्स क्लव जसरी उत्ताउलो र भद्दा तरिकाले चलाएको टिप्पणी गर्नुभयो ।

सांसद पौडेलले प्रधानमन्त्रीको भारत भ्रमणलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत निकै महत्वका साथ हेरको बताउनु भयो । उहाँले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपलब्धिको रुपमा मुर्रा राँगो मात्रै ल्याएको टिप्पणी गर्नु कुटनीतिक मर्यादा विपरित भएको बताउनु भयो । उहाँले ओलीले अपमानजनक टिप्पणी गरेको बताउनु भयो ।

सांसद पौडेलले जे कुरामा पनि विरोध गरेमा सत्तापक्षलाई नभइ प्रतिपक्षलाई नै घाटा हुने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);