रास्वपा सभापति लामिछानेलाई राजेन्द्र लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् | ईमाउण्टेन समाचार

Our Network

जेठ २४ २०८३, सोमबार

रास्वपा सभापति लामिछानेलाई राजेन्द्र लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्

काठमाडौँ ।

विपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले  वैदेशिक मामिलाको सवालमा संवेदनशीलता अपनाउन सरकार र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सुझाव दिनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफनो भारत भ्रमण लगत्तै सोमवार बोलाउनुभएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफूले उक्त सुझाव दिएको बताउनुभएको हो । अध्यक्ष लिङदेनले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा र सभापति लामिछानेले भारत भ्रमणको क्रममा आफूले विगतको भारी नबोक्ने भनि दिएको अभिव्यक्ति अपरिपक्व र नेपालले संसदबाट सर्वसम्मतीले  पारित गरेको लिपुलेक, लिम्पियारधुरा र कालापानी नेपालको हो भनि गरेको प्रमाणलाई समेत कमजोर बनाउने खालको भएको जिकिर गर्दै त्यस्ता कुराहरुमा होशियारी अपनाउन पनि आग्रह गर्नुभयो ।

उहाँले सरकारको गलत क्रियाकलापको भारी सम्पूर्ण देशले व्यहोर्नुपर्ने हुनाले पनि सरकारले वैदेशिक मामिलाको सवालमा सम्वेदनशीलता उपनाउन आवश्यक रहेको तर्क पनि गर्नुभयो । अध्यक्ष लिङदेनले सरकारले जनताले दिएको मतलाई अवसरको रुपमा उपयोग गर्नुपर्ने पनि बताउनु भयो ।

Leave a Reply