‘न्याय सम्पादनमा इतिहासमै सबैभन्दा धेरै प्रगति’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

‘न्याय सम्पादनमा इतिहासमै सबैभन्दा धेरै प्रगति’

gopal

काठमाडौं, ८ फागुन । प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायालय र मिडियाको कार्यशैली फरक भए पनि लक्ष्य एउटै रहेको बताउनुभएको छ। बाल सुधार गृह, सानोठिमीद्वारा सोमबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– ‘यी दुई क्षेत्रको काम गर्ने शैली फरक भए पनि उद्देश्य सत्यको खोजी गर्नु नै हो।’

एक अर्को प्रसंगमा प्रधानन्यायाधीश गोपाल पराजुलीले आफू प्रधानन्यायाधीश भएपछि न्याय सम्पादनमा इतिहासमै सबैभन्दा धेरै प्रगति भएको बताउनुभयो। आफ्नो पालामा नयाँ सर्वोच्च अदालत नियमावली ल्याउन सकेको र यसले गर्दा अतिरिक्त समयमा पनि न्याय सम्पादनको कार्य हुनसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘यसले गर्दा न्याय सम्पादनको कार्यमा प्रगति भएको हो।’

सो अवसरमा प्रधानन्यायाधीश पराजुलीले विगत डेढ वर्षदेखि अवरुद्ध भएको संवैधानिक इजलास नियमितरूपमा सञ्चालनमा आएको, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलगायतका मुद्दालाई विशेष प्राथमिकतामा राखेर सुनुवाइ गरिरहेको जनाउनुभयो।

‘न्यायालयमा भएका राम्रा र सुधारका कामको अनुहार हेर्नै नसक्ने व्यक्तिहरूले निच तबरबाट प्रस्तुत भएर भ्रमको खेती गरिरहेका छन्’, उहाँले थप्नुभयो– ‘न्यायालय र मिडिया सत्यताको उजागर गर्नका लागि विकास भएकाले एक अर्कालाई निषेध गरेर समाज परिवर्तन हुन सक्दैन।’

सत्यताको उजागर गर्नका लागि विकास भएकाले न्यायालय र मिडिया नै समाजको सत्यको प्रतीक भएको प्रधानन्यायाधीश पराजुलीको भनाइ थियो। समाजमा आफूलाई अहम् र ठूलो ठान्नेहरूले नै असभ्यताको खेती गरिरहेको बताउँदै उहाँले अर्काको बारेमा भ्रामक सूचना सम्प्रेषण हुन थालेकोमा चिन्ता व्यक्त गर्नुभयो। बाल न्याय समन्वय समितिका अध्यक्षसमेत रहेका सर्वोच्च अदालतका न्यायाधीश शारदाप्रसाद घिमिरेले सोही कार्यक्रममा बाल सुधार गृहलाई समयसापेक्ष आधुनिक र न्यायिक बनाउँदै लैजानुपर्ने विचार राख्नुभयो। आजको नेपाल समाचारपत्रमा यस्तो खवर छ ।

अघिल्लो समाचार

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);