विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी बढ्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ २१ २०८३, शुक्रबार

विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी बढ्ने

जल तथा मौसम विज्ञान विभागकाअनुसार आज देशका विभिन्न पहाडी तथा हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ भने तराईका केही क्षेत्रमा अत्यधिक गर्मी हुने देखिएको छ । विभागद्वारा जारी बुलेटिनअनुसार आज दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै कोशी प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । तराईका अन्य भू–भागमा भने आंशिक बदली रहने प्रक्षेपण गरिएको छ । यसैगरी, मधेस प्रदेशका साथै कोशी, वागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा ‘तातो दिन’ हुने सम्भावना रहेकाले आवश्यक शतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।  आज रातीको मौसमका सम्बन्धमा विभागले कोशी प्रदेश र देशका हिमाली भू–भागमा साधारणतया बदली रहने जानकारी दिएको छ । पहाडी भू–भाग तथा मधेस प्रदेशमा आंशिक बदली रहने भएपनि तराईका बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । राती कोशी र मधेस प्रदेशका साथै वागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

Leave a Reply