विज्ञहरुको पर्याप्त सुझाव नलिइ राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई अगाडि बढाउन सकिँदैनः मन्त्री पोखरेल | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८३, बिहीबार

विज्ञहरुको पर्याप्त सुझाव नलिइ राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई अगाडि बढाउन सकिँदैनः मन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक २०८१ लाई विज्ञहरुको पर्याप्त सुझाव नलिई अगाडि बढाउन नसकिने बताउनुभएको छ ।
बिहीवार सिंहदरवारमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उक्त विधेयकमाथिको छलफलमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले यस्तो भनाई राख्नु भएको हो । मन्त्री पोखरेलले उक्त विधेयकका सम्बन्धमा विज्ञहरुको पर्याप्त सुझाव आवश्यक भएकाले त्यसका लागि आवश्यक समयसहितको छलफलको व्यवस्था गर्न पनि संसदीय समितिलाई आग्रह गर्नुभयो । उहाँले उक्त विधेयकको दफादफा अध्ययन गरेर त्यसलाई समृद्ध पनि सांसदहरुको पनि ध्यानाकर्षण गराउनु भयो । उक्त विधेयकमा कुनै पनि छिद्र नरहने गरी छलफल गरेर मात्रै अघि बढनुपर्ने मन्त्री पोखरेलको भनाई थियो ।

मन्त्री पोखरेलले विज्ञान र प्रविधिको क्षेत्रमा विज्ञहरुको सुझाव महत्वपूर्ण हुने भएकाले सरकारले त्यसमा विशेष ध्यान दिएको पनि स्पष्ट पार्नुभयो ।

Leave a Reply