देउवा नेतृत्वको सरकारले ‘चोरलाई चौतारी’ मात्रै दियो
काठमाडौं, ७ फागुन । पूर्वप्रधानन्यायाधिश शुशिला कार्कीले सरकारकै संरक्षणमा मुलुकमा बलात्कारको घटना बढ्दै गएको आरोप लगाएकी छन् ।
पूर्वप्रधानन्यायाधिश कार्कीले बलात्कारजस्तो राज्यविरुद्धको अपराध हुँदा समेत त्यसलाई मिलाउन प्रहरी प्रशासनले पैसाको चलखेल गर्ने गरेको भन्दै आपत्ति जनाइन् । सोमबार ‘मानव अधिकार वर्ष पुस्तक २०१८’ को विमोचन गर्दै उनले न्यायका लागि पहलकदमी लिन पनि पीडितहरुलाई आग्रह गरिन् ।
पूर्व प्रधानन्यायाधिश कार्कीले राज्य आर्दश भए मानव अधिकारको क्षेत्रमा देखिएको समस्या आफै समाधान भएर जाने विश्वास व्यक्त गरेकी छन् । उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले ‘चोरलाई चौतारी’ मात्रै दिने काम गरेको भन्दै आक्रोश व्यक्त गरिन् ।
पूर्व प्रधानन्यायाधिश कार्कीले बलात्कार लगायतका घटना हुन नदिन प्रहरी प्रशासनले विशेष निगरानी राख्नुपर्नेमा जोड दिइन् ।