प्रधानमन्त्री साहले राजीनामा दिनुपर्छः एमाले | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८३, बुधवार

प्रधानमन्त्री साहले राजीनामा दिनुपर्छः एमाले

काठमाडौं ।

विपक्ष दल नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन्द्र साहको राजीनामा माग गरेको छ । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद गणेशसिंह ठगुन्नाले प्रधानमन्त्री साहले नियतवश नै नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनि अभिव्यक्ति दिएको भए त्यो गम्भिर विषय भएकाले उहाँले तत्काल राजीनामा दिनुपर्छ भन्ने आफनो पार्टीको अडान रहेको बताउनुभएको हो । सांसद ठगुन्नाले उक्त अभिव्यक्ति भूलबश भएको भए क्षमायाचना मागेर अघि बढन पनि प्रधानमन्त्री साहलाई दवाव दिनु भयो ।

उहाँले प्रधानमन्त्री साहको उक्त अभिव्यक्तिले मुलुकलाई ठूलो क्षति भईरहेको जिकिर गर्दै त्यसलाई जनताले सुन्नेगरी प्रधानमन्त्रीले सच्याउनुपर्ने बताउनु भयो ।सांसद ठगुन्नाले प्रधानमन्त्रीले जनताको अगाडि गल्ती भए स्विकार गर्दै अघि बढनु सबैभन्दा उपयुक्त हुने धारणा समेत राख्नुभयो ।

Leave a Reply