इजरायली आक्रमणमा ज्यान गुमाएका लेबनानी सैनिकको सैन्य सम्मानका साथ अन्त्येष्टि | ईमाउण्टेन समाचार

Our Network

जेठ १७ २०८३, सोमबार

इजरायली आक्रमणमा ज्यान गुमाएका लेबनानी सैनिकको सैन्य सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ ।

इजरायली हवाई आक्रमणमा परी ज्यान गुमाएका लेबनानी सेनाका जवान अला मदलेजको लेबनानको दक्षिणी शहर गाजीहमा सैन्य सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गत महिना युद्धविरामको घोषणा भएपनि लेबनानका विभिन्न क्षेत्रमा पुनः हिंसात्मक गतिविधिहरू बढ्ने क्रममा मदलेजले ज्यान गुमाएका हुन् । अन्त्येष्टि समारोहमा मृतकका परिवारजन, स्थानीय बासिन्दा, धार्मिक व्यक्तित्व र सैन्य अधिकारीहरूको ठूलो उपस्थिति रहेको थियो । लेबनानी राष्ट्रिय झण्डा ओढाइएको मदलेजको शवलाई सम्मानका साथ चिहानसम्म पु¥याइएको थियो। सो क्रममा शोकाकुल आफन्त र स्थानीयले उनलाई भावपूर्ण बिदाइ गरेका थिए । प्रार्थना सभापश्चात उनलाई सैन्य सम्मानका साथ समाधिस्थ गरिएको हो । लेबनानी सेनाले दिएको जानकारीअनुसार, मदलेजको मृत्यु दक्षिण लेबनानको नबातिए जिल्लामा भएको इजरायली हवाई आक्रमणका क्रममा भएको हो । अन्त्येष्टिमा सहभागी स्थानीय नागरिक शेख तैसिर रिज्कले इजरायली सैन्य कारबाहीको कडा आलोचना गर्दै यस्ता आक्रमणहरूले लेबनानी जनतामा थप आक्रोश पैदा गरेको बताए। उनले इजरायलले लगातार अन्तर्राष्ट्रिय नियमहरूको उल्लंघन गर्दै सर्वसाधारण र सुरक्षाकर्मीलाई निशाना बनाइरहेको आरोप समेत लगाए ।
लेबनानको सार्वजनिक स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले शनिबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार, गत मार्च २ यता जारी द्वन्द्वमा परी लेबनानमा मृत्यु हुनेको सङ्ख्या ३ हजार ३ सय ७१ पुगेको छ भने १० हजार १ सय २९ जना घाइते भएका छन् । युद्धविरामको प्रयास भएपनि सीमा क्षेत्रमा तनाव अझै कम हुन सकेको छैन ।

Leave a Reply

ताजा समाचार