एक वर्ष भित्र मुलुकबाट भ्रष्टाचार निर्मुल गर्ने काममा सरकार तत्पर छः प्रधानमन्त्री साह | ईमाउण्टेन समाचार

Our Network

जेठ १६ २०८३, आइतबार

एक वर्ष भित्र मुलुकबाट भ्रष्टाचार निर्मुल गर्ने काममा सरकार तत्पर छः प्रधानमन्त्री साह

प्रधानमन्त्री बालेन्द्र साहले एक वर्ष भित्र मुलुकबाट भ्रष्टाचार निर्मूल गर्ने काममा सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
आईतवार प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उहाँले सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले एक वर्षभित्र मुलुकमा भ्र्रष्टाचार निर्मूल पार्ने काममा लागिपर्ने बताउनुभएको हो । उहाँले सरकारले यस वर्षलाई सुशासन वर्षको रुपमा लिएको पनि बताउनु भयो । प्रधानमन्त्री साहले सुशासन प्रवद्र्धनका लागि विभिन्न मन्त्रालयले मातहतका निकायमा निगरानीका साथ काम गरिरहेको बताउनु भयो पनि बताउनु भयो ।
उहाँले भन्नुभयो,‘हामीले पहिलो वर्षलाई सुशासनको वर्षको रुपमा लिएका छौँ । सुशासन भन्दैमा हामीले विकास नै गर्दैनौ, पूर्वाधारको काम नै गर्दैनौ भन्ने होइन । यो वर्षलाई पूरा हाम्रो माननीय मन्त्रीज्यूहरु र विभिन्न क्षेत्रबाट आउनुभएका माननीयज्यूहरु उहाँहरुको निगरानीमा पनि विभिन्न क्षेत्रहरु हुन्छन । हाम्रो नेपाल सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीले यो पहिलो वर्ष पूर्ण रुपमा देशलाई सुशासनतर्फ लैजाने, बेथितिहरुलाई हटाउने, बलियो जरा बनाएर बसेको यो भ्रष्टाचारलाई निर्मूल गर्न नेपाल सरकार, हाम्रो पार्टी एकदमै तत्पर रहेको छ । यो मालपोतलगायतका सरकारी कार्यालयमा जाँदा देख्नु पनि भएको होला । यसलाई नेपाल सरकारले निरन्तरता दिनेछ ।’
प्रधानमन्त्री साहले मुलुकमा वर्षौदेखि भ्रष्टाचारले जरो गाडेको उल्लेख गर्दै त्यसलाई बदल्ने गरी सरकारले काम गरिरहेको बताउनु भयो ।

Leave a Reply