स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरुको जायज अपेक्षाको पत्यारिलो नीतिगत उपकरण हुनेगरी बजेट ल्याएको छुः अर्थमन्त्री वाग्ले | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८३, शुक्रबार

स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरुको जायज अपेक्षाको पत्यारिलो नीतिगत उपकरण हुनेगरी बजेट ल्याएको छुः अर्थमन्त्री वाग्ले

काठमाडौँ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादनमुखि अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रविधिमैत्री परिवर्तनबारे राख्ने गरेको जायज अपेक्षाको पत्यारिलो नीतिगत उपकरण बन्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट संघीय संसदको दुवै सदनमा प्रश्तुत गर्दै उक्त कुरा बताउनुभएको हो ।

अर्थमन्त्री वाग्लेले सरकार बजेटमार्फत सुशासनको मानक स्थापित गर्न कटिवद्ध रहेको पनि बताउनु भयो । उहाँले बजेटले राष्ट्रिय जीवनको सबै आयाममा रुपान्तरको उत्कृट प्रतिक्षालाई सम्बोधन गरेको दाबी पनि गर्नुभयो ।अर्थमन्त्री वाग्लेले सरकार नयाँ पुस्ताको भावना अनुसार अघि बढने पनि बताउनु भयो । –

Leave a Reply