०८४ को निर्वाचन र देशको रक्षाका लागि पार्टीको पहलकदमी आवश्यकः नेता सापकोटा | ईमाउण्टेन समाचार

Our Network

जेठ १३ २०८३, बिहीबार

०८४ को निर्वाचन र देशको रक्षाका लागि पार्टीको पहलकदमी आवश्यकः नेता सापकोटा

काठमाडौँ ।

नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले मुलुकको रक्षा र आगामी २०८४ सालको निर्वाचनलाई लक्षित गर्दै पार्टीले नयाँ पहलकदमी लिनु अनिवार्य रहेको बताउनुभएको छ । बुधवार पार्टीको भेलालाई सम्बोधन गर्दै नेता सापकोटाले वर्तमान राजनीतिक परिस्थिति र पार्टी एकताका जटिलताहरूका कारण समयमै भेला आयोजना गर्नुपरेको स्पष्ट पार्नुभएको हो ।

नीति तथा कार्यक्रम र बजेट निर्माणको समय नजिकिँदै गर्दा भेला बोलाउनु उपयुक्त हो कि होइन भन्ने जिज्ञासा उठे पनि पार्टीको आन्तरिक सुदृढीकरणका लागि यो आवश्यक रहेको उहाँको तर्क छ । नेता सापकोटाले भेलाबाट निस्कने निष्कर्ष र संयुक्त संश्लेषणले पार्टीमा नयाँ आत्मविश्वास र संकल्प पैदा गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी २०८४ को निर्वाचनमा पार्टीको प्रभावकारी उपस्थितिका लागि अहिलेदेखि नै ठोस पहलकदमी लिनुपर्नेमा जोड दिनुभयो । सापकोटाले विगतका अनुभवहरूबाट पाठ सिक्दै नयाँ कार्यशैलीका साथ अघि बढ्न कार्यकर्ताहरूलाई आग्रह समेत गर्नुभयो ।

Leave a Reply