काठमाडौँ ।
नेकपा (एमाले)का राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद ढंगालले सांसदहरुले संसदमा उठाएका जनसरोकारका विषय तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्नुभएको छ ।शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले सो माग गर्नुभएको हो । नेता दंगालले संसद बैठकमा सांसदहरुले गरेका प्रश्नको जवाफ संसदमा आएर नदिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रीहरुप्रति आक्रोश पनि व्यक्त गर्नुभयो ।
सरकारले हालसम्म पनि सांसदहरुले उठाएका विषयहरुलाई सम्बोधन नगरे बेवारिसे अवस्थामा राखेको उहाँको जिकिर थियो । नेता दंगालले सांसदहरुले राखेका जनताको काम कार्यान्वयनमा केन्द्रित हुन पनि सरकारलाई सचेत गराउनु भयो । नेता दंगालले सरकारले जनप्रतिनिधिमूलक संस्था संसदप्रति जवाफदेही हुनेकुरामा आनकानी गरिरहेको पनि बताउनु भयो ।




