प्रधानमन्त्री साह कुनै छुट्टै टापुको सम्राटजस्तो अनुभूति भईरहेको छः काँग्रेस नेता केसी | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८३, बिहीबार

प्रधानमन्त्री साह कुनै छुट्टै टापुको सम्राटजस्तो अनुभूति भईरहेको छः काँग्रेस नेता केसी

काठमाडौँ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र साह संसदको अभिन्न अंग जस्तो आफूलाई अनुभूति नभएको टिप्पणी गर्नुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले प्रधानमन्त्री संसदको अंग हो कि होइन ? भनेर प्रश्न समेत गर्नुभयो । उहाँले प्रधानमन्त्री साहलाई मुलुकको नभई कुनै छुट्टै टापुको सम्राटजस्तो देखिएको जिकीर पनि गर्नुभयो । विपद व्यवस्थापनमा सरकार गम्भिर हुनुपर्ने बेला गृहमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री साह संसदमा नआएकोमा नेता केसीको आपत्ति थियो । सांसद केसीले सरकारले विपद व्यवस्थापनमा गहिरोसँग ध्यान आवश्यक रहेको पनि स्पष्ट पार्नुभयो ।

Leave a Reply

ताजा समाचार