सभामुखबाटै संसदको मर्यादा उलंघन भइरहेको छः काँग्रेस | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८३, बिहीबार

सभामुखबाटै संसदको मर्यादा उलंघन भइरहेको छः काँग्रेस

काठमाडौँ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सभामुख डोलप्रसाद अर्यालले स्वयंले संसदीय मर्यादा उल्लंघन गरिरहनुभएको आरोप लगाएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै नेपाली काँग्रेसका सचेतक निष्कल राईले उक्त आरोप लगाउनुभएको हो । उहाँले सरकारलाई संसदप्रति उत्तरदायी बनाउनका लागि विपक्ष दलहरुले गरेको प्रयासलाई सभामुख अर्यालले साथ नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । सचेतक राईले संसदको अभिभावक भएकाले पनि सभामुख अर्याल संसदको मर्यादा एक इन्च पनि तलमाथि गर्न  नपाईनेतर्फ समेत ध्यानाकर्षण गराउनु भयो ।

उहाँले हिजो विपक्षमा रहँदा सभामुख अर्याल स्वयंले संसदको वेल घेराउ गर्दा संसदीय हुने अनि अहिले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाउन प्लेकार्ड लिएर उभिदा श्रम संस्कृति पार्टीका सांसदहरु कसरी मर्यादित भएपनि प्रश्न समेत गर्नुभयो । सचेतक राईले सरकारले संसद मर्यादा विपरित काम गरिरहेको जिकिर पनि गर्नुभयो ।

Leave a Reply