वर्गीकृत तथ्यांकको अभावका कारण अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी कानून कार्यान्वयनको अवस्था कमजोरः शिक्षा मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८३, बिहीबार

वर्गीकृत तथ्यांकको अभावका कारण अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी कानून कार्यान्वयनको अवस्था कमजोरः शिक्षा मन्त्रालय

काठमाडौँ ।

शिक्षा तथा खेलकुद मन्त्रालयले अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न बनेका कानुनी तथा नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।बुधवार राजधानीमा आयोजित अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी शिक्षा प्रवद्र्धनका लागि आयोजित समन्वय बैठकमा बोल्दै मन्त्रालयकी उपसचिव रमा खतिवडाले यस्तो धारणा राख्नुभएको हो । उहाँले अपांगता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विद्यमान कानून कार्यान्वयनको अवस्था कमजोर रहेको बताउनु भयो ।

उहाँले थप कानून निर्माण भएका विद्यमान कानुनी र नीतिगत व्यवस्थालाई व्यवहारमा कसरी उतार्न सकिन्छ भन्ने विषयमा थप बहस आवश्यक रहेको बताउनु भयो । उपसचिव खतिवडाले अपांगताको प्रकृति, उमेर समूह र भौगोलिक अवस्थाअनुसार वर्गीकृत तथ्यांकको अभाव रहेको पनि बताउनु भयो । अपांगता भएका व्यक्तिको वर्गीकृत तथ्यांक बिना राज्यले आफ्नो वर्तमान अवस्था र आगामी नीतिगत दिशा पार्न नसक्ने समेत बताउनु भयो । उहाँले अपांगतासम्बन्धी समग्र तथ्यांक भएपनि वर्गीकृत तथ्यांक नहुँदा समस्या भएको उल्लेख गर्दै अपांगताको प्रकृति, उमेर समूह र भौगोलिक अवस्थितिका आधारमा तथ्यांक संकलन गरी कानून निर्माणमा ध्यान दिनुपर्ने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार