सरकारले मापदण्ड विपरितका अस्पतालहरुमाथि कडा कारबाही गर्नुपर्छः सांसद ढकाल | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८३, मंगलबार

सरकारले मापदण्ड विपरितका अस्पतालहरुमाथि कडा कारबाही गर्नुपर्छः सांसद ढकाल

प्रतिनिधि सभाकी सांसद प्रभा ढकालले मापदण्ड विपरितका अस्पतालमाथि कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले उक्त माग गर्नुभएको हो । सांसद ढकालले सरकारले स्वास्थ्यकर्मीहरुलाई तत्काल उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने आवश्यकता क आँैल्याउनु भयो । संविधानमा उल्लेख गरिएको स्वास्थ्य सम्बन्धि मौलिक हकलाई लागू गरी सरकारले स्वास्थ्यकर्मीहरुको उचित सम्मान गर्न आवश्यक रहेको उहाँको भनाई थियो ।
सांसद ढकालले भन्नुभयो,‘स्वास्थ्य सेवा खस्किदै गएको छ । विरामी र आफन्तहरु गुनासो गर्न बाध्य छन । संविधानले सुनिश्चित गरेको स्वास्थ्यको मौलिक हक व्यवहारमा किन लागू हुन सकेको छैन ? मापदण्ड नपुगेका अस्पताल, स्वास्थ्य संस्थामाथि सरकारले कडा कारबाही गरोस् । र स्वास्थ्यकर्मीलाई सरकारले सम्मानजनक ढंगले पारिश्रमिक दिइयोस् ।’
सांसद ढकालले सरकारले स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने प्रयास गर्न नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।

Leave a Reply