पोखराको अमरसिंह माध्यमिक विद्यालयको जग्गामा रहेका ५३ टहरा हटाइए | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८३, बिहीबार

पोखराको अमरसिंह माध्यमिक विद्यालयको जग्गामा रहेका ५३ टहरा हटाइए

पोखरा महानगरपालिका वडा नं. १२ स्थित अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा विगत तीन दशकदेखि सञ्चालित अस्थायी संरचनाहरू हटाइएको छ ।
विद्यालयको जग्गा अतिक्रमण गरी बनाइएका ५३ वटा व्यवसायिक टहराहरू पूर्ण रूपमा खाली गरिएको हो । यसअघि विद्यालय प्रशासनले पटक–पटक सूचना जारी गरी जग्गा खाली गर्न आग्रह गरे पनि व्यवसायीहरूले त्यसको अवज्ञा गर्दै आएका थिए । सोही विवादका क्रममा व्यवसायीहरूले अदालतमा मुद्दासमेत दायर गरेका थिए । तर अदालतले विद्यालयकै पक्षमा फैसला सुनाएपछि विद्यालयले पुनः १५ दिने सूचना जारी गरेको थियो । सूचनाको म्याद समाप्त हुन लाग्दा पोखरा महानगरपालिकाका प्रमुख र व्यवसायीहरूबीच भएको छलफलपछि टहरा हटाउन ४ गतेसम्मको अन्तिम समयसीमा तोकिएको थियो । सोही सहमति बमोजिम व्यवसायीहरूले आफ्ना सामानहरू सुरक्षित रूपमा स्थानान्तरण गरी टहराहरू खाली गरेका हुन् । लामो समयदेखि विद्यालयको जग्गामा रहेका यी संरचनाहरू हटेसँगै उक्त जग्गा अब विद्यालयको पूर्ण स्वामित्व र उपयोगमा आएको छ ।

Leave a Reply

ताजा समाचार