रिटर्नीलाई कृषि उद्यममा आकर्षित गर्ने सरकारको नीति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८३, सोमबार

रिटर्नीलाई कृषि उद्यममा आकर्षित गर्ने सरकारको नीति

एकै दिनमा कम्पनी दर्ता गर्न पाउनगरी ‘स्टार्टअप नेपाल’ पोर्टल सञ्चालन गरिने 
सरकारले ‘स्टार्टअप नेपाल’ पोर्टलमार्फत एकै दिनमा कम्पनी दर्ता, कर छुट, बिउ पूँजी लगायतका सेवा प्रदान गर्ने घोषणा गरेको छ ।
अगामी आर्थिक वर्ष (२०८३–८४)को नीति तथा कार्यक्रम प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गर्नुभएको हो  । उहाँले ग्रामिण अर्थतन्त्रको पुनर्जीवन र कृषिलाई सम्मानजनक उद्यमशील व्यवसायको रुपमा स्थापित गर्न बहुपक्षीय लगानी प्रवद्र्धन गरिने बताउनु भयो । उत्पादन वृद्धि, लागत न्युनिकरण र खाद्यान्न आत्मनिर्भरता लागि नीतिमा सुधार र प्याकेजमा आधारित उत्पादन प्रणालीमार्फत कृषिमा यान्त्रिकिकरणलाई तिव्रता दिइने बताउनु भयो । उहाँले विशिष्टिकृतउत्पादन क्षेत्र विकास गरी कृषि उत्पादनलाई उद्योग र बजारसँग जोड्दै वैदेशिक रोजगराीबाट फर्किएका जनशक्तिलाई कृषि उद्यममा आकर्षित गरिने बताउनु भयो ।
बाली लगाउनुअघि नै कृषि बालीको न्युनतम समर्थन मूल्य तोकी प्रभावकारी रुपमा कार्यान्वयन गरिने बताउनु भयो ।

Leave a Reply