बालाजुस्थित गुम्बा भत्काउने सरकारको तयारीः बौद्ध धर्ममाथि आक्रमण गरेको आरोप | ईमाउण्टेन समाचार

Our Network

भदौ १० २०८३, बिहीबार

बालाजुस्थित गुम्बा भत्काउने सरकारको तयारीः बौद्ध धर्ममाथि आक्रमण गरेको आरोप

सरकारले काठमाडौंको बालाजुस्थित ओग्यन जम्लिङ टेरमा गुम्बामा डोजर चलाउने तयारी गरेपछि बौद्ध धर्माम्बलम्विहरुले आपत्ति जनाएका छन् ।
बुद्धको २५७० औ जन्मजयन्तिको अवसरमा विश्वभर शान्ति र समृद्धिको सन्देश फैल्याउने काम भईरहेका बेला शुक्रवार सरकारले अनधिकृत भन्दै उक्त गुम्बामा डोजर चलाउने सूचना दिएपछि उनीहरुले आक्रोश पोखेका हुन् । उनीहरुले सरकारको उक्त कदमलाई बौद्ध धर्ममाथिको ठाडो प्रहारको रुपमा लिँदै प्रधानमन्त्री बालेन्द्र साहको चर्को आलोचना गरेका छन् । प्रधानमन्त्री साहले आफ्नो शपथ बौद्ध भिक्षुहरुलाई राखेपछि सोही धर्मको आस्थाको केन्द्र गुम्बामा भने डोजर चलाउने काम सह्य नहुने गुम्बाका सञ्चालक उमेश लामाले बताउनु भयो । उहाँले सरकारले बौद्ध धर्ममाथि नै आक्रमण गरेको भन्दै आपत्ति समेत जनाउनु भयो ।

करिव ८ आना जग्गामा २०५७ सालमा स्थापना गरिएको सो गुम्बाको हाल १४÷१५ करोड मूल्य पर्ने सो गुम्बा संचालक समितिको अनुमान छ । सञ्चालक समितिका सदस्य लामाले सो गुम्बा सरकार आफ्नै सम्पत्ति भएपनि डोजर आतंक चलाएर सरकारले आफ्नै सम्पती नष्ट गरेको हुने जिकिर गर्नुभयो । साँढे २ तले सो गुम्बाको भवन रहेको छ । त्यसमा डोजर चलाउने प्रयास गरेर सरकारले गुम्बा संरक्षण गर्ने आफ्नो दायित्व समेत बिर्सिएको भन्दै बौद्ध भिक्षुहरुको जिकिर छ । उनीहरुले ती गुम्बाहरुको संरचना भत्काउने कदमको जिम्मेवारी सरकार आफैँले लिनुपर्ने चेतावनी समेत दिएका छन् ।

Leave a Reply

ताजा समाचार