मुस्ताङको बारागुङका अध्यक्ष गुरुङ अख्तियारको छानबिनमा पर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

मुस्ताङको बारागुङका अध्यक्ष गुरुङ अख्तियारको छानबिनमा पर्ने

काठमाडौं, २४ फागुन । बौद्ध कलेज निर्माणका लागि भारतीय दुतावाससँग आर्थिक सहयोगको सिफारिस गरिदिने मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिङ नामगेल गुरुङ अख्तियारको छानविनमा पर्ने भएका छन् । उनीमाथि लापरबाही वा जानीजानी प्राप्त अधिकार प्रयोग गरेको विषयमा छानविन बढाउने तयारी भएको हो ।

यसअघि नै सरकारले बौद्ध कलेज निर्माणका लागि भारतलाई पत्र लेखिएकोबारे छानविन बढाउने जानकारी दिइसकेको छ । अख्तियारले पनि यो विषयलाई निगरानीमा राखेको बुझिएको छ ।

गुरुङले बौद्ध कलेजको निर्माणका लागि साक्या बौद्ध संघको पत्रका आधारमा भारतीय दुतावाससँग आर्थिक सहयोगको सिफारिस गरिदिएका थिए । यो विषय प्रकाशमा आएपछि चीनको सीमा क्षेत्रसँग जोडिएको संवेदनशील ठाउँमा बाह्य शक्तिलाई चलखेलका लागि ल्याउन खोजिएको भन्दै आलोचनाहरु भए । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले त प्रचण्डलाई चीनमाथि गद्दार गरेको आरोप नै लगाए ।

भारतीय दुतावासमा बौद्ध कलेज निर्माणको सहयोगको पत्र लेखेकोमा प्रधानमन्त्री प्रचण्डले सरकारलाई यसबारे कुनै जानकारी नभएको बताएका थिए । उनले मङ्गलबार सार्वजनिक रुपमै सरकारले भारतसँग सहयोग मागेर मुस्ताङमा बौद्ध कलेज निर्माण गर्ने निर्णय नगरेको बताए ।

मुस्ताङ नेपालको चीनसँग सीमा जोडिएको उत्तरी हिमाली जिल्ला हो । उक्त क्षेत्रमा चीनले निकै चासो दिने गरेको छ । विगतमा तिब्बती विद्रोहीहरुले मुस्ताङमा मुकाम बनाएर चीनको सेनासँग लडेको इतिहास छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);