विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णयविरुद्ध संयुक्त विद्यार्थी संगठनको मार्चपास | ईमाउण्टेन समाचार

Our Network

साउन ३० २०८३, आइतबार

विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णयविरुद्ध संयुक्त विद्यार्थी संगठनको मार्चपास

काठमाडौं । 

सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णय गरेको विरोधमा संयुक्त विद्यार्थी संगठनले मार्चपाससहित विरोध प्रदर्शन गरेका छन् । कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय परिसरमा विद्यार्थीले विद्यार्थी संगठनहरू खारेज गर्ने तयारी विरुद्ध विरोधसहित मार्चपास गरेका हुन् । प्रदर्शनरत विद्यार्थीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको राजीनामा समेत मागेका गरेका छन् । मार्चपास कार्यक्रममा बोल्दै अनेरास्ववियका उपाध्यक्ष अशोक थापाले विद्यार्थी संगठन खारेज गर्ने र विद्यार्थी संगठनलाई क्याम्पस प्रवेश गर्न निषेध गर्नेगरी मन्त्रिपरिषद्बाट निर्णय गर्ने सरकारको तयारीविरुद्ध आफूहरु आन्दोलनमा रहेको बताउनु भयो ।

उहाँले नेपालको इतिहासको सबै आन्दोलनमा विद्यार्थी संगनको भुमिका रहँदै आएको स्मरण गर्दै विद्यार्थी संगठन खारेज गर्न नपाइने बताउनु भयो । उहाँले सरकारले विद्यार्थी संगठन खारेज गर्ने घोषणा फिर्ता नलिएसम्म आन्दोलन जारी रहने समेत बताउनु भयो ।

Leave a Reply

ताजा समाचार