प्रदेश २ काे उपसभामुखमा उपमाकुमारी निर्विरोध निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

प्रदेश २ काे उपसभामुखमा उपमाकुमारी निर्विरोध निर्वाचित

जनकपुरधाम, ४ फागुन ।  प्रदेश नम्बर २ को उपसभामुखमा संघीय समाजवादी फोरमकी उपमाकुमारी देव निर्विरोध निर्वाचित भएकी छन् ।

शुक्रबार प्रदेश २ को प्रदेशसभाको बैठकले उपसभामुखमा संघीय फोरमकी प्रदेशसभा सदस्य देवलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

देवलाई उपसभामुखमा निर्वाचित गर्न फोरमका सांसद ज्ञानेन्द्रकुमार यादवले प्रस्ताव गरेका थिए भने राजपाकी सांसद सुरिता साहले समर्थन गरेपछि उनी निर्वाचित भएको घोषणा गरिएको हो ।

उपसभामुख देव सप्तरी जिल्लाबाट समानुपातिक सांसद हुन् । बिहीबार उपसभामुखका लागि संसद सचिवालयले प्रकाशन गरेको सूचनाको समयावधिभित्र देवको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएको प्रदेश २ संसद सचिवालयले जनाएको छ । प्रदेशसभाको सभामुखमा राजपाका सरोजकुमार यादव यसअघि निर्वाचित भइसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);