भक्तपुर, ४ फागुन । प्रदेश नम्बर ३ को राजधानी हेटौंडाबाट अन्यत्रै सार्नु पर्नेमा सांसदहरुले जोड दिएका छन् । भक्तपुरमा भएको कार्यक्रममा सांसदहरुले भूगोलको हिसाबले पनि हेटाैँडा उपयुक्त नभएका ले सार्नुपर्नेमा जोड दिएका हुन् ।
प्रतिनिधिसभातर्फका काभ्रेका सांसद गोकुल बाँस्कोटाले प्रदेश सांसदहरुको बहुमतले नागरिकलाई पायक पर्ने स्थानमा राजधानी सार्नुपर्ने बताए । उनँले यसअघिको काम चलाउ सरकारले जनताको भावना बिपरित हचुवाको भरमा अस्थायी राजधानी हेटौंडा तोकेको आरोप लगाए ।
दोलखाका सांसद पार्वत गुरुङले पूर्व सिन्धुलीदेखि पश्चिम चितवनलाई मध्यनजर गरेर प्रदेशको राजधानी तोकिनुपर्ने बताए । भक्तपुरका प्रदेश सांसद शसिजङ्ग थापाले कामचलाउ सरकारले प्राविधिक टोलीको प्रस्ताव विपरित हेटौडालाई राजधानी तोकेको आरोप लगाए ।