प्रतिनिधि सभा नियमावली मस्यौदा समितिद्वारा सभामुखसमक्ष प्रतिवेदन पेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिद्वारा सभामुखसमक्ष प्रतिवेदन पेश

काठमाडौं ।

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले आफ्नो कार्य सम्पादन सम्पन्न गरी प्रतिवेदन बुझाएको छ । मंगलवार सिंहदरबारमा सभामुख डोलप्रसाद अर्याललाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै सभामुख अर्यालले समितिले समयमा नै कार्य सम्पादन गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनका लागि यसले सकारात्मक नजिर बसालेको बताउनु भयो । उहाँले कुनैपनि काम समय सीमाभित्र सम्पन्न गर्दा मात्र व्यक्तिगत र संस्थागत रूपमा गर्व महशुस हुने र जनताले पनि आफूले चुनेका प्रतिनिधिहरूले काम गरिरहेको महशुस गर्ने धारणा राख्नुभयो ।

मस्यौदा तयार पार्ने क्रममा विशेषज्ञ समूह, कर्मचारी, सञ्चारकर्मी र विभिन्न राजनीतिक दलका माननीय सांसदहरूसँग व्यापक संवाद गरिएकोमा सभामुखले प्रशंसा गर्नुभयो । विभिन्न राजनीतिक दलहरूको प्रतिनिधित्व रहेका कारण सबैले आफ्नो पार्टीसँग समेत संवाद गरेर यसलाई पूर्णता दिएको आफूले बुझेको उहाँको भनाइ थियो ।व्यवस्थापिकाको संरक्षकको हैसियतले सभामुखले समितिका सदस्यहरूले बिदा र समयको प्रवाह नगरी अहोरात्र खटेर कार्य सम्पन्न गरेकोमा व्यक्तिगत र संस्थागत रूपमा आभार प्रकट गर्नुभयो ।

Leave a Reply