काठमाडाैं । जीवन्त र समृद्ध असन’ नाम दिइएको यो कार्यक्रमले स्थानीय सांस्कृतिक पहिचान र परम्परागत जीवनशैलीलाई जीवन्त राख्ने लक्ष्य लिएको छ । । मानवीय तथा सवारी आवागमन चापका कारण भित्री शहरी क्षेत्रमा बढेको चुनौतीलाई सम्बोधन गर्न यो कदम चालेको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिनु भयो । कार्यक्रम अन्तर्गत असन क्षेत्रमा परम्परागत ज्ञान, सीपको प्रदर्शनी, गायन, वादन र नृत्य जस्ता क्रियाकलापहरू सञ्चालन गरिनेछन् । आजदेखि शुरु हुने कार्यक्रम अवधिमा असन क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाइनेछ । वैकल्पिक व्यवस्था गरिएको छ ।
यस पहलले असन बजारको मौलिकता बढाउन, वायु प्रदुषण नियन्त्रण गर्न र स्थानीयवासीको उद्यमशीलता विकासमा टेवा पुग्ने महानगरको विश्वास छ । वडा नं २७ बाट शुरु यो कार्यक्रम वडा नं २५ केलटोल क्षेत्रमा पनि विस्तार गर्ने तयारी भइरहेको छ । त्यस्तै शनिबारदेखि निःशुल्क वाटर एटिएम मेसिन सुरु गरिने छ । महानगर भित्र करिव २ करोड ६० लाखको लागतमा ८ वटा वाटर एटिएम बुथ स्थापना गरिएको छ । मौलिक शैलीका बुथहरुमा ३ हजार लिटर पानी भण्डारण क्षमता रहेको महनगरले बताएको छ ।





